२३ फागुन, दिलिप साह राजविराज । सप्तरीका एमाले कार्यकर्ता प्रतापनारायण चौधरीलाई एमाले अध्यक्ष केपी ओलीले फूलमालाले सम्मान गरेका छन् । गजेन्द्र नारायण औद्योगिक क्षेत्रमा सोमबार दिउँसो आयोजित जनसभाको उदघाटन सत्र सँगै एमाले अध्यक्ष ओलीले चौधरीलाई माला लगाइ सम्मान गरेका हुन् । एमालेले चौधरीलाई ‘वीर योद्धा’समेत घोषणा गरेको छ ।

त्यसैगरी एमालेका स्थानीय नेता शम्भु यादवलाई पनि केपी ओलीले फूलमालाले स्वागत गर्दै वीर योद्धा घोषणा गरेका छन् । मेची महाकाली राष्ट्रिय अभियान लिएर हिँडेको एमाले नेताहरुको टोली राजविराजको औद्योगिक क्षेत्रमा पुगेको छ र त्यहाँ आमसभा सुरु भएको छ । प्रहरीले मधेसी मोर्चाका करिब ४-५ सय कार्यकर्तालाई आधा किलोमिटर पर खेतमा रोकेर राखेको छ ।

तपाईको प्रतिक्रिया