२ मंसिर

perish-accck-650x365

फ्रान्सका सुरक्षा अधिकारीका अनुसार मोरोक्को मुलका एक बेल्जियमका नागरिक पेसिर हमलाको मुख्य योजनाकार रहेको बताएका छन् ।अधिकारीका अनुसार बेल्जियमको ब्रसेल्सका २७ वर्षका अब्देलहमिद अहिले सिरियामा आइएसको सदस्य रहेको बिबिसीले जनाएको छ ।अब्देलहमिदको पालनपोषण ब्रसेल्सको मोलिनबिकमा भएको उनीहरुको दाबी रहेको छ।अब्देलहमिद बेरोजगारीसँगै आवासको समस्यामा थिए । अधिकारीका अनुसार अबौद सलाह अब्देसलामका साथी हुन् जो पेरिस घटनापछि अहिले फरार छन् ।फरार अब्देसलामलाई पक्राउ गर्न अन्तराष्ट्रिय अभियान नै सुरु भइसकेको छ । उनका भाइले पेरिस आक्रमणमा केहीको हत्या गरेपछि आत्मघाती विस्फोट गराएका थिए ।अबौद र अब्देसलाम सन् २०१० मा एक सशस्त्र डकैतीको आरोपमा बेल्जियममा पक्राउ परेका थिए । उनीहरुलाई जेल सजाय समेत भएको थियो । सन् २०१३ को सुरुवातमा अबौद आइएसमा सामिल भएका हुन् ।घटनामा संलग्न रहेको आरोपमा अहिलेसम्म २४ जनालाई गिरफ्तार गरेको अधिकारीले जनाएका छन् ।त्यसैगरी १ सय ४ जनालाई घटनामा संलग्न भएको आशंकामा घरभित्रै नजरबन्दमा राखिएको छ ।

perish2perish1

 

तपाईको प्रतिक्रिया