२३ फागुन, काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । नेकपा एमालेको मेची महाकाली अभियानको विरोधका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएपछि बसेको मोर्चाको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

सोमबार साँझ संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठकले गरेको निर्णयबारे भोलि औपचारिक रुपमा दिएको समर्थन फिर्ताको पत्र बुझाउने छ । मोर्चाको विज्ञप्तिमा सञ्जन मण्डलसहित पीताम्बर लाल मण्डल, दिगम्बर यादव र आनन्द साह गरी चार जनाको गोली लागेर मृत्यु भएको भनिएको छ ।

उनीहरुको हत्यामा दोषी रहेकालाई तुरुन्त कारवाही गर्न माग गर्दै घाइते भएकाको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । मोर्चाले एमालेको कारण आजको घटना घटेको पनि आरोप लगाएको छ । त्यस्तै, फागुन २४ र २५ गते मधेश बन्दको पनि आह्वान गरेका छन् ।

तपाईको प्रतिक्रिया