18112015120857nrn-1000x0

मंसिर २/ भारतीय नाकाबन्दीको विरोधमा संयुक्तराष्ट्र संघको मुख्यालय बाहिर आप्रबासी नेपालीहरुले प्रर्दशन गरेका छन् । उनीहरुले राष्ट्रसंघलगायत अन्य अन्तर्राष्ट्रिय निकायहरुलाई ‘अर्जेन्ट एक्सन’ लिई भारतीय नाकाबन्दीको अन्त्य गर्न माग गरेका छन् ।

गैरआवासीय नेपाली संघ, अमेरिकाको नेतृत्वमा नाराबाजीसहित तीन घण्टा गरिएको प्रर्दशनमा सयौंले भाग लिएका थिए । प्रर्दशित दर्जनौं ब्यानरमा ‘भारतीय नाकाबन्दीले नेपालमा मानवीय संकट उत्पन्न भएको छ’, ‘रोकिएका सयौं मालबाहक ट्रकहरुलाई सुचारु हुन दिईयोस्’, ‘यो आर्थिक नाकाबन्दी मात्र होईन, यसले औषधी र ईन्धन पनि रोकेको छ’, ‘नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप बन्द गर’ एवं ‘नेपालले प्राकृतिक विपती मात्र होईन छिमेकीद्वारा निर्मित विपत्तीको पनि सामना गरिरहेको छ,’ जस्ता नाराहरु समावेश गरिएको थियो ।
एनआरएनको अन्र्तराष्ट्रिय समन्वय समितीको भारतीय नाकाबन्दीलाई अन्र्तराष्ट्रियकरण गर्ने निर्णय अनुरुप न्युयोर्कमा प्रर्दशन गरिएको हो । राष्ट्रसंघको मुख्यालयको ध्यानाकर्षण गराउने क्रममा एनआरएन अमेरिकाका महासचिव तिलक श्रेष्ठले नाराबाजीको नेतृत्व गरेका थिए भने उपस्थित सबैले मौहाललाई तताएका थिए । प्रर्दशनको नेतृत्व गरेका एनआरएन, अमेरिकाका अध्यक्ष डा.केशव पौडेलद्वारा हस्ताक्षरित ज्ञापन पत्र राष्ट्रसंघका महासचिव वान कि मुनलाई बुझाईएको छ ।

ज्ञापन पत्रमा महासचिव मुनलाई सम्बोधन गर्दै ईन्धनको अभावमा नेपालको गति रोकिएको, अत्यधिक यात्रुहरुको चापका कारण दुर्घटनाले धेरै मानिसहरुको निधन भएको, बालबालिकाहरु शिक्षाबाट बन्चित भएको एवं विद्यालयहरु बन्द भएको पक्षलाई जोडदार रुपमा उठाईएको छ । त्यसैगरि ईन्धन अभावमा साना उद्योगहरु बन्द भएको, पर्यटन व्यवसाय तहस नहस भएको, भोकमरीको समस्या देखिन थालेको र मुलुक औधषी बिहिनको संघारमा पुगेको ज्ञापन पत्रमा उल्लेख छ ।

http://bit.ly/2119DOs

तपाईको प्रतिक्रिया