मंसिर २ ,विराटनगर/ काठमाडौंमा प्रमुख दल र मधेसी मोर्चाबीच निर्णायक वार्ताको तयारी भइरहेका बेला मोरङमा जिल्ला नटुक्राउन माग गर्दै आन्दोलन सुरु भएको छ । प्रमुख दल र मधेसी मोर्चाका नेताहरुबीच तराई मधेसका केही जिल्ला टुक्राउने सहितका विकल्पमा छलफल सुरु भएपछि विराटनगरवासी आन्दोलनमा उत्रिएका छन् ।स्थानीय एलिट क्लबमा भेलामा भेलाले बिराटनगर क्षेत्रमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि सम्मिलित बृहत नागरिक समाज मोरङ समेत गठन गरेका छन् ।
जिल्ला नटुक्राउन माग गर्दै आन्दोलन गर्ने भेलाको निर्णय छ ।बृहत नागरिक समाज मोरङले आज विराटनगरको जनआन्दोलन चोकमा भेला भएर र्यालीसहित जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाउने बताएको छ । मधेसी मोर्चालाई सहमतिमा ल्याउने नाममा अखण्ड जिल्लालाई टुक्राउँदा वर्षौदेखिको भौगोलिक, जातीय, भाषिक एवम् साँस्कृतिक सन्तुलनमा चोट पुग्ने भेलाको निष्कर्ष छ । भेलाले संविधान सभामा प्रतिनिधित्व गरिरहेका जिल्लामा सभासदहरुलाई जिल्ला टुक्राउने कार्यलाई तत्काल रोक्न शीर्ष नेताहरुलाई दबाव सृजना गर्न समेत आग्रह गरेका छन् ।