२६ फागुन, मिकाइल आलम इनरुवा । सप्तरीको राजविराजमा मधेशीवादी दलको शान्ति पूर्ण आन्दोलनमा प्रहरीले दमन गरी ४ जना निर्दोष सर्वसाधारणहरुको हत्या गरेको भन्दै मधेशी शिक्षक ,कर्मचारी तथा बुद्दिजीवीहरुको पेशागत संस्था सुनसरीले घटनाको घोर भत्र्सना गरेका छन् ।
शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्नेमा सो नगरी सप्तरी प्रहरीले मानव अधिकारको ठाडो उल्लघंन गरी निर्दोष सर्वसाधाणहरुको बर्वता पूर्वक हत्या गरेको भन्दै मधेशी शिक्षक ,कर्मचारी तथा बुद्दिजीवीहरुको पेशागत संस्था सुनसरीले घटना घोर भत्र्सना गरेका हुन् । मधेशी शिक्षक ,कर्मचारी तथा बुद्दिजीवीहरुको पेशागत संस्था सुनसरीले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै एमालेको मेची महाकाली अभियानको क्रममा सप्तरी प्रहरीले निहथा सर्वसाधारणहरु लाई ताकि ताकि टाउ र छातीमा गोली प्रहार गरी ४ जनाको हत्या गरेको घटनाको निन्दा गर्दै दोषी प्रहरीलाई कारबाहीका लागि माग गरेका छन ।
मधेशी शिक्षक ,कर्मचारी तथा बुद्दिजीवीहरुको पेशागत संस्था सुनसरीले सप्तरी घटनाको निष्पक्ष छानविन ,मृतक परिवार लाई उचित क्षतिपूर्ति र प्रहरीको गोली लागेर घाईते भएकाहरुको निःशुल्क उपचार तथा मृतक चारैजना लाई शहिद घोषणा गर्न माग गरेका छन ।