२६ फागुन, सुमन भट्टराइ इटहरी। इटहरी गोल्डकप फुटवलको फाइनलमा शसस्त्र प्रहरीको एपिएफ पुर्वाञ्चल र काकरभिट्टा फुटबल टेनिगं सेन्टर झापा भिड्ने पक्का भएको छ ।

सुनसरीको इटहरीमा जारी ११ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत विहिवार भएको सेमिफाइनलमा खेल काकरभिट्टा फुटबल टेनिगं सेन्टर झापाले डिभाइनवाइन व्वाइज युनियनलाई २ शुन्यले हराउदै एपिएफ पुर्वाञ्चसंगको भेट पक्का गरेको हो ।
अत्यान्त प्रतिस्पधात्मक रहेको खेलमा पहिलो हाफ गोलरहित वरावरीमा सकिएको थियो भने दोस्रो हाफमा काकरभिट्टाका नाजेरियन खेलाडी सम्सोन चम्कदा २ सुन्यले व्वाइज युनियन स्तव्ध बन्न पुग्यो ।

दोस्रो हाफको १५ र २८ मिनेटमा सम्सोनले काकरभिट्टाका लागि गोल गरे । डिभाइनवाइन व्वाइज युनियन खेलमा फर्कने प्रयाष गरेपनि फर्कन नसक्दा काकरभिट्टाले फाइनल यात्रा पक्का गरेको हो । यस अघि चर्च व्वाइज काठमाडौंलाई तीन शुन्यले हराउदै एपिएफ पुर्वाञ्चल फाइनमा प्रवेश गरिसकेको थियो । काकरभिट्टा फुटवल टेनिगं सेन्टर झापा र एपिएफ पुर्वाञ्चल विचको फाइनल खेल शनिवार हुने आयोजक राष्ट्रिय जागृति क्लव इटहरीका अध्यक्ष संजिव ढुंगानाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया