फागुन २७ इनरुवा /होलिका दिन फाल्गुन ३० गते सोमवार इनरुवा ३ महेन्द्रचौकमा विशेष होली महोत्सव आयोजना हुने भएको छ ।
इनरुवा इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको होलि फेस्टिभलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको संयोजक राकेश निरौलाले जानकारी दिए ।

होलिलाई विशेष बनाउन स्थानीय युवाहरुको पहलमा विशेष प्रस्तुतिको आयोजना गर्न लागिएको पिताम्बर ढुङगानाले बताए । इनरुवा इभेन्ट म्यानेजमेन्टले महेन्द्रचौकमा आयोजना गर्न लागेको होलि फेस्टिभलमा डिजे बिशालको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया