२७ फागनु, दिलिप साह राजविराज।  अज्ञात समूहले गएराती सप्तरीको मलेठ गाविसमा एक बसमा आगजनी गरेको छ । विरंगजबाट रुपनीहुदै राजविराज तर्फ आउँदै गरेको ना ५ ख ६७१३ नम्वरको स्वस्तिका ट्राभल्स बस जलाइएको हो । आगजनीबाट बस पूर्णरुपमा जलेर नष्ट भएको छ । राजविराज–रुपनी सडक खण्डको मलेठ गाविस गजेन्द्रनारायण औद्योगिक क्षेत्र नजिक सो बस जलाइएको छ ।

राजविराज सदरमुकाम देखि ३ किलो मिटर उत्तर उक्त स्थानमा गत फागुन २३ गते प्रहरीले चलाएको गोलीले चार जनाको ज्यान गएको हो । बसका सबै यात्रुलाई ओरालेर आगजनी गरिएकोले मानवीय क्षति नभएको सप्तरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया