२८ फागुन, दिलिप साह राजविराज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा घोषणा गरिएकोे अनिश्चितकालीन सप्तरी बन्द शनिबार बेलुकादेखि फिर्ता भएको छ । मधेशी मोर्चाले होलीलाई लक्षित गर्दै बन्द फिर्ता लिएको भए पनि यसपालिको होलीमा धेरै तडक भडक नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

पाँच जनाको मृत्यु भएको सप्तरीको मलेठ गाविसमा भएको गोलीकाण्डको विरोधमा मधेसी मोर्चाले अनिश्चितकालीन सप्तरी जिल्ला बन्दको आह्वान गरेको थियो ।तर, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला संयोजक दिनेश यादवद्वारा शनिबार विज्ञप्ति जारी गर्दै अनिश्चितकालिन बन्द फिर्ता लिएको जानकारी गराएका छन् । मोर्चाले यसपटकको होली पर्व तडक भडकका साथ नमनाउन सम्पूर्ण जनतालाई अपील गरेको यादवले जनाएका छन् ।सप्तरी बन्द फिर्ता लिइए पनि विरोधका अन्य कार्यक्रमहरु भने जारी रहने यादवले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया