२८ फागुन, मोरंग। मोरङको कोसीहरैँचा स्थित मदरसा सिराजुल उलुम नि.मा.विद्यालयको नवनिर्मित २ ककोठे भवनको उद्घाटन तथा मूल गेट निर्माणको सिलान्यास कार्यक्रम सम्पन्न भएको छ । मुस्लिम समुदायहरुद्वारा संचालित धार्मिक तथा सामुदायिक पाठ्यक्रम अनुुुसारको पठन पाठन हुने विद्यालयको कार्यक्रम मोरङ जिल्लाका उप जिल्ला शिक्षा अधिकारी राजकुमार थापा एवम् कोसीहरैँचा न.पा.का प्रमुख शशी राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाली काँग्रेसका रमेशजंग रायमाझी, ललितबहादुर श्रेष्ठ तथा इमाम हैदर रहनुभएको थियो । कार्यक्रममा अतिथिहरुमा नेकपा माओवादी केन्द्रका नगर ईन्चार्ज मित्रसेन योञ्जन, नेपाली काँग्रेस नगर सभापति कृष्णबहादुर लिम्बुु, विभिन्न विद्यालयका प्र.अं तथा अध्यक्ष, समाजसेवी, नागरिक वडा मञ्च लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता मोरङ मदरसा समन्वय समितिका अध्यक्ष एवम् मदरसा सिराजुल उलुमका अध्यक्ष अताबुल मंसुरीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया