- बिरेन्द्र शाह

२८ फागुन, सुनसरी। फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने सुनसरीका १६ बर्षमाथिका नागरिकहरुको सङ्ख्या ४ लाख २३ हजार ८ सय २३ रहेको जिल्ला निर्वाचन आयोगले जानकारी दिएको छ । विगतमा तराई तथा किरात र लिम्वुवानबादीहरुले गरेको अबरोधका बाबजुद पनि निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली सङ्कलन गर्ने कार्यलाई अद्यावधिक गर्दै आएको पनि जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

जिल्ला निर्वाचन अधिकृत जानकी कर्णले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका सवै मतदाता नहुने जानकारी दिनु हुँदै १८ बर्ष उमेर पुगेका झण्डै ४ लाखभन्दा बढि ब्यक्तिले आगामी बैशाख ३१ गते सरकारले तोकेको स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागि भई मदाधिकार प्रयोग गर्न सक्ने अनुमान गरिएको बताउनुभयो ।

नेपाल सरकारले पछिल्लो समयमा तोकेको स्थानीय तह अनुसार सुनसरी जिल्लाको इटहरी र धरान उपमहानगरपालिका, इनरुवा रामधुनी दुहवी र बराह नगरपालिका तथा बर्जु कोशी देवानगञ्ज हरिनगरा गढी र भोक्राहा गाउँपालिका गरी जम्मा १२ गाउँ तह निर्धारण भएका छन ।
निर्वाचनमा भाग लिनका लागि यो जिल्लामा ३५ वटा साना तथा ठूला राजनीतिक दलहरुले जिल्ला निर्वाचन कार्यालयमा पाटीृका नाम दर्ता गरेका पनि जिल्ला निर्वाचन कार्यालयले विवरण दिएको छ ।

निर्वाचन कार्यालयमा दर्ता भएका राजनीतिक दलहरुमा ठूला राजनीतिक दलहरु नेपाली काङ्ग्रेस नेकपा एमाले नेकपा माओवादी मधेशी जनअधिका फोरम, मधेशवादी दलहरु तथा लिम्वुवान खम्वुवान एवम सवैभन्दा साना दलका रुपमा रहेका नेपाली जनता दल समेतले जिल्ला निर्वाचन आयोगमा पार्टी दर्ता गराएका छन ।

तपाईको प्रतिक्रिया