२८ फागुन, इटहरी। ब्राइट फ्युचर माध्यमिक विद्यालयले आफ्नो स्थापनाको रजत महोत्सवका अवसरमा वृहत शैक्षिक प्रर्दशी तथा अभिभावक दिवस सहित सास्कृतिक कार्यक्रम गरी सम्पन्न गरेको छ ।  वि.सं. २०४८ सालमा स्थापना भै शैक्षिक गतिविधि संञ्चालन गदै आएको ब्राइट फ्युचर माविले स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा वृहत शैक्षिक प्रदर्शनी तथा रजत जयन्ती सहितको विशेष अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको हो ।

रजत महोत्सव कार्यक्रममा मोरङ जिल्ला प्याब्सनका अध्यक्ष बासुदेव न्यौपानेले कार्यक्रमको विधिवत उद्घाटन गदै विद्यालयमा भएको वृहत शैक्षिक प्रदर्शनीको अवलोकन समेत गर्नुभएको थियो । सो अवसरमा उहाँले विद्यालयले आफ्नोे २५ वर्ष पुरा गरेको महत्वपूर्ण अवसरमा वृहत शैक्षिक प्रर्दशी तथा अभिभावक दिवस मनाउनु सुखद पक्ष भएको बताउनुभयो ।

कार्यक्रममा विभिन्न कक्षामा उत्कृष्ट अङ्क ल्याउने तथा खेलकुदमा प्रथम र अनुशासित हुने विधार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले कौडा, मmाँगड तथा मारुनी नृत्य प्रस्तुत गरेर उपस्थित सबैलाई भरपुर मनोरन्जन दिलाएका थिए । कार्यक्रममा शिक्षासेवी ऋषि रेग्मी , मात्रृका थापा, सिएन पोख्रेल ,गोविन्द्र कार्की , महिला अधिकारकर्मी सुसीला कार्की , समाजसेवी शिव ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलेश्वर दुलाल लगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया