२८ फागुन, इटहरी। नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाले कञ्चनपुर पुनर्वासमा भारतीय सिमा सुरक्षा बलले चलाएको गोलीबाट मृत्यु भएका गोविन्द गौतमको हत्यारालाई कार्वाही गर्न माँग गर्दै सुनसरीको बकलौरी देखी झुम्का सम्म आज विरोध र्याली प्रदर्शन गरेको छ ।

भारतीय सिमा सुरक्षा बलका जवानहरुद्धारा नेपाली भूमिमा प्रवेश गरी देखाएका दादागिरीपनको नियन्त्रण गर्न भारत सरकार समक्ष तत्तकाल कुटनीतिक प्रयास गरी ज्यादती रोक्न तथा एसएसवीबाट भएको ज्यादतीमा माफी माग्न समेत किसान मोर्चाले दवाव दिएको छ ।

किसान मोर्चाका केन्द्रिय अध्यक्ष पुष्प प्याकुरेल र महासचिव रामबहादुर विष्टको नेतृत्वमा झण्डै डेढसय बढि युवा किसानहरु सहभागि भएको विरोध र्यालीले बकलौरीदेखि सुरु भएको विरोध र्यालीले झुम्का बजार परिक्रममा गरेको थियो ।

झुम्का बजारमा आई पुगेको विरोध र्यालीमा सहभागि युवा किसानहरुले भारतीय हस्तक्षेप बन्द गर, भू–उपयोग नीति लागु गर, खाद्य विधयक लागु गर मोहीको हदबन्दी खारेज गर बिना धितो किसानहरुलाई ५ लाख ऋण उपलब्ध गर लगायतको नारा लागाएका थिए । विरोध र्यालीपछि आयोजित कोणसभामा किसान मोर्चाका अध्यक्ष पुष्प प्याकुरेल र महासचिव विष्टले छिमेकी मुलुक भारतले नेपालीमाथि दादागिरी देखाई पटक पटक गोली चलाउने र नेपालीमाथि नाङ्गो हस्तक्षप गर्ने प्रबृत्ती अन्त्य गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया