काठमाडौ– निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि पर्यवेक्षण निर्देशिकाका बारेमा सरोकारवालासँग छलफल गरेको छ । कान्तिपथस्थित आयोग कार्यलयमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले स्थानीय निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन सहयोगिको भुमिका निर्वाह गर्न पर्यवेक्षण गर्ने संस्थाका प्रतिनिधिहरुलाई आग्रह गरे ।

आयुक्त यादवले विगतको अनुभवलाई आधार मानेर सथानीय तह निर्वाचनको गुणस्तरियतामा जोड समेत दिए । सो अवसरमा प्रमुख आयुक्त यादवले ७४४ स्थानीय तहको निर्वाचनमा ६ हजार ६ सय ८० वटा वडाबाट प्रतिनिधि चयन हुने भन्दै हरेक वडाबाट दलित, महिला र सिमान्तकृतको प्रतिनिधित्व हुने व्यवस्था गरेकाले पर्यवेक्षण गर्ने संस्थाहरुले पर्यबेक्षक छनोट गर्दा समाबेशी पक्षलाई ध्यान दिन आग्ह गरे ।

कार्यक्रममा आयोगका उपसभिव मुकुन्दशर्माले ‘स्थानीय तह निर्वाचन पर्यवेक्षणसम्बन्धी नीति निर्देशिका र आचारसंहिताका प्रस्तावित व्यवस्थाहरु’ कार्यपत्र प्रस्तुत गरेका थिए । शर्माले प्रस्ताव गरेको कार्यपत्रमा पर्यवेक्षकको उमेर २१ बर्ष र योग्यता प्लस टु राखिएको छ ।

तर, पर्यवेक्षणसँग सरोकार राख्ने संघ सस्थाका प्रतिधिले भने त्यसलाई घटाउन सुझाव दिएका छन् । उनीहरुले सातवटै प्रदेशका कम्तिमा एकसयवटा मतदान केन्द्रको पर्यवेक्षण गर्नुपर्ने प्रावधानलाई समेत घटाउन माग गरेका छन् ।

तपाईको प्रतिक्रिया