१ चैत्र, बाँके– नेकपा एमालेको मेची महाकाली अभियान टोली मंगलबार बाँकेको नेपालगन्ज पुगेको छ । मधेसी मोर्चाको विरोधका बाबजुत बाँकेको चारकाँदो भन्ने स्थानमा एमालेले आमसभा गरेको छ ।

चारकाँदोमा आमसभा चल्दै गर्दा मधेसी मोर्चाका कार्यकर्ताले स्थानीय गुनाना चोकमा विरोध प्रदर्शन गरेका छन् भने मोर्चाका कार्यकर्ता उग्र बन्दै गएपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । एमालेको अभियानलाई अवरोध गर्न मोर्चाले गरेको प्रदर्शन अराजक बन्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिनको लागि हवाई फायर गर्नुपरेको बाँकेका एसएसपी विरेन्द्र बस्न्यातले जानकारी दिए ।

यसैबीच सद्भावना पार्टीका जिल्ला अध्यक्ष लक्ष्मी नारायण बर्माले भने आफूहरुको शान्तिपूर्ण विराधमा प्रहरीले हवाई फायर गरेको भन्दै आपत्ति जनाए ।

तपाईको प्रतिक्रिया