miss-nepal-indiaकाठमाडौं, मङ्सिर ३ । मिस नेपाल २०१५ इभाना मानन्धरले चिन पुगेर भूकम्प पछि नेपालको अवस्था र नाकाबन्दीको असरबारे कुरा उठाउने बताएकि छन् । १ सय ३० भन्दा बढी देशका सुन्दरीहरु सहभागी हुने उक्त प्रतियोगितामा भाग लिन उनी आउँदो शनिबार चीनको सान्यमा जाँदैछिन् ।आगामी पुस २ गते हुने फाइनल तयारीको लागि सान्य जान लागेको बताउँदै उनले भनिन् फाइनअघि हुने १ महिनाको अवधि र फाइनलको दिनमा नेपालको पर्यटन, अहिलेको राजनीतिक अवस्था, भूकम्पले पारेको क्षति र नेपालीहरुले नाकाबन्दीले पाएको सास्तीबारे पनि जानकारी गराउने छुँ ।अमेरिकामा मार्केटिङमा स्नातक गरेकी इभानाले भूकम्पपछि नेपाल सुरक्षित छैन भन्ने सन्देश गएकोले नेपाल सुरक्षित छ भन्ने सन्देश दिने पनि बताइन् ।उनले भनिन्, ‘जसरी भएपनि मेरो प्राथमिकता नेपालको इकोनोमीलाई बुस्ट गर्नेमा नै रहने छ । जहाँजतिखेर बोल्ने मौका पाउँछु म नेपालको छाप छोडिहाल्छु ।’यो समाचारलाई केहि भारतीय मिडियाले समेत प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।

प्रतिष्ठित नवभारत टाइम्सले पनि मिस नेपालले मिस वल्र्ड प्रतियोगितामा भारतको नाकाबन्दीको मुद्दा उठाउने शिर्षकमा समाचार प्रकाशित गरेको छ ।

तपाईको प्रतिक्रिया