मङ्सिर ३ । बलिउडमा सर्वाधिक रुचाइएको जोडि फेरि एकपटक पाँच वर्षपछि पर्दामा देखिदैछन् ।रोहित शेट्टीले निर्देशन गरेको फिल्म दिलवाले रिलिज हुन एक महिना मात्र बाँकिछदा फिल्मको पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक हुनुपुर्वनै यो गीतलाई वर्षको लभ थेम गीत भनिएको थियो सो गीतको छायांकन बलिउडमैै पहिलो पटक आइसल्याण्ड पुगेर खिचिएको हो ।प्रितमको संगीतमा अरिजितको आवाज रहेको गीतमा शाहरुख काजोलको जोडिलाई गजब देखिएको छ।फिल्ममा शाहरुख काजोलको साथमा बरुण धवन र कृती सेननको पनि मुख्य भुमिका रहेको छ ।आकर्षक दृश्य, सुमधुर संगीत र शाहरुख काजोलको जोडिले गीतलाई उत्कृष्ट बनाएको छ । केहिदिन अघि फिल्मको ट्रेलर सार्वजनि भएसँगै फिल्मको चर्चा व्यापक चुलिएको छ ।
भिडियोको लागि क्लिक गर्नुहोस