खोटाङ, ३ मङ्सिर । ड्रोन क्यामेरा प्रयोगगरी भिडियो खिच्दै गरेको अवस्थामा ह्वाईट हिमाल टेलिभिजन नेटवर्कका क्यामेराम्यान खोटाङमा पक्राउ परेका छन् ।म्याग्दी जिल्लाको दग्नाम–९ स्थायी घर भइ हाल अमेरिकाको ह्वाईट हिमाल टेलीभिजन नेटवर्कमा कार्यरत धनमान थापालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।सदरमुकाम दिक्तेलस्थित हाटडाँडामा बुधबार बिहान भिडियो खिच्दै गरेका थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । “अनुमती नलिइ ड्रोन क्यामेरा प्रयोग गर्न पाइदैन ।” उहाँले भन्नुभयो, “थापाले बिनाअनुमती खिचिरहेको भेटेपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।”पक्राउ परेका थापालाई अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ । थापाको साथमा रहेको ड्रोन क्यामेरा, क्यामेराको स्ट्याण्ड, रिमोट, मोवाइल लगायतका सामग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।काठमाडौंबाट मङ्गलबार दिक्तेल आएका थापा जिल्लाको पश्चिमी गाविस नुनथलास्थित जालपा माविमा भूकम्पले पु¥याएको क्षतिको भिडियो खिच्न आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका थापालाई कुन मुद्दा चलाउने भन्ने बारेमा भने यकिन भएको छैन ।एभरेष्ट दैनिकबाट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु
जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको ...
गाँजा तस्करीको सहज रुट बन्दै कोशी नदी
गाँजा तस्करी गर्नेहरुकालागि सप्तकोशी नदीको वहाव सहज रुटका रुपमा देखिएको छ । प्लाष्टिकका बोरामा पोको पारी लुकाएर नदीको वह...
नव निर्वाचित वडा अध्यक्ष पोखरेलको पहिलो अनुगमन
इनरुवा नगरपालिका वडा नं. १ का वडा अध्यक्षबाट आज सीप मुलक तालीम कार्यक्रमकको अनुगमन भएको छ। व्यावसायीक सीप विकास तलिम प्र...
पालिका प्रमुख ज्यु एसो गरे कसो होला ?…
देशभरका ७५३ स्थानीय तहले अहीले नया जनप्रतिनिधि पाउने संघारमा रहेको छ। जस मध्ये कतिपय स्थानिय तहले नव निर्वाचित जनप्रतिनि...
देश भरीकै ७५३ स्थानीयतहमा शान्तिपुर्ण मतदान हुँदै
स्थानीयतह निर्वाचन २०७९ का लागि ७५३ वटै स्थानीयतहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्र बिहान ७ बजे बाट छ...
चुनाव लड्न पासमानले दिए दलित सरोकार मञ्चबाट राजीनामा
कञ्चनपुर। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यकारी निर्देशक भोलाकुमार पासमान...