४ चैत्र, तेह्रथुम। तेह्रथुमको फाक्चामारा-३ बाट प्रहरीले बिहिबार भरुवा बन्दुकसहित दुई जना शिकारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाँउका ३६ बर्षिय दिल बहादुर लिम्बु र ३७ को होम बहादुर लिम्बु रहेका छन्।
बिशेष सुचनाको आधारमा प्रहरी चौकी शुक्रबारेबाट खटिएको टोलीले उनिहरुलाई शिकार खेलिरहेको अबस्थामा दुई नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो। पक्राउ परेका उनिहरको साथबाट प्रहरीले जंगली पंक्षी कालिज समेत बरामद गरेको छ।पक्राउ परेका उनिहरुउपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया