old-tree

ब्रिटेनको सबैभन्दा पुरानो मानिएको एउटा रुखको लिङ्ग परिवर्तन भइरहेको वैज्ञानिकहरुले बताएका छन् । भनिन्छ यो रुखको ५००० वर्ष पुरानो हो । स्काटल्याण्डको पर्थशरमा अवस्थित यो रुखलाई शुरुदेखि नै नर अर्थात् पुरुष लिंगको मानिँदै आइएको थियो । तर हालैमात्र यो रुखमा फल आउन थालेको देखिएपछि लिंग परिवर्तन भइरहेको बताइएको हो ।सदाबहार हरियो हुने यो रुखको बारेमा के भनिन्छ भने यसको मादा प्रजातिले नै फल दिन्छ । एडिनबराको रोयल बोटानिकल गार्डेनका विशेषज्ञहरुले फोर्टिगुल यू नामको यो रुखको सबैभन्दा माथिल्लो हांगामा तीनवटा फल देखेको बताएका छन् ।

द गार्जियनले प्रकाशित गरे अनुसार, एकजना विशेषज्ञ म्याक्स कोलम्यानले भने, “त्यसो त यो प्रजातिका रुखहरुका सेक्स चेन्जको प्रक्रिया यसअघि पनि हुँदै आएको भएपनि यो रुखको उमेर ५ हजार वर्ष पुरानो भएकाले चर्चा गर्नुपर्ने भएको हो । यो यूरोपको सबैभन्दा पुरानो रुख मानिन्छ ।

तपाईको प्रतिक्रिया