५ चैत्र, सुनसरी। शनिबार बिहान  धरानमा स्थानीय युवाहरुविच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धरान १५ गणतन्त्र वस्ती बस्ने अन्दाजी २५ वर्षिय साईला भन्ने भक्त राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
शनिबार बिहान राई र धरान १५ बस्ने स्थानीय पाँच युवाहरु विच वाद विवाद हूँदा छुरा प्रहारबाट राई गम्भीर घाइते भएका थिए। राईको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार हुँदा हुँदै मृत्यु भएको छ। छुरा प्रहारबाट शुक्र राई र प्रज्वल राई समेत घाईते भएकाले उनीहरुको प्रहरी निग्रानीमा सोही प्रतिष्ठानमा उपचार भइरहेको छ।
घटनामा संलग्न धरान १५ ललित टोल बस्ने राजन परियार, सरोज परियार र बिवेक भुजेललाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया