५ चैत्र, सप्तरी।सप्तरीको मलेठमा गत फागुन २३ गते गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र परिषरमा आयोजना गरिएको कार्यक्रममा झडप हुदा सहिद भएका सहिद परिवारहरुलाई आर्थिक सहयोग गरिएको छ।

तेली कल्याण समाज नेपाल केन्दिय्र समिति, जिल्ला समिति सप्तरी र जिल्ला समिति पर्साले संयुक्त रुपमा सप्तरी घटनाका पाँच वटै सहिदहरुको परिवारलाई आर्थिक सहयोग गरको छ । शुक्रबार सहिद परिवारका घर–घरमा पुगी समाजले जनही १९ हजारका दरले आर्थिक सहयोग गरेको संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साहले जानकारी गराउनु भयो ।

समाजले सहिद आनन्द साहको सालिक निर्माणका लागी परिवार जनलाई थप ५२ हजार सहयोग गरेका छन । उक्त अवसरमा समाज का मध्यामञ्चल केन्द्रिय उपाध्यक्ष विश्वनाथ साह, पूर्वाञ्चल उपाध्यक्ष दुर्गा साह, केन्द्रिय सदस्य गणेश प्रसाद साह, केन्द्रिय सदस्य सुनिता साह, जिल्ला सप्तरी अध्यक्ष रामचन्द्र साह, जिल्ला पर्सा सदस्य गम्भिरा साह, लक्ष्मी नारायण साह, समाज सेवी सुबुद्धि साह, नेपाल पत्रकार मंहासंघ सप्तरीका निवर्तमान अध्यक्ष धिरेन्द्र प्रसाद साह र रेडियो छिन्नमस्ताका प्रवन्धक शिव प्रताप शाह लगायतका उपस्थिती रहेको थियो ।

प्रदर्शनमा मलेठ–२ निवासी सञ्जन मेहता, मलेठ–४ निवासी पीताम्बर मण्डल, विरेन्द्र महतो, प्रसवनी–४ टेंगरी निवासी सिनियर अहेव आनन्द कुमार साह र जमुनी मधेपुरा–२ कौटवी निवासी ईनरदेव यादवले सहादत प्राप्त गरेको तथा करिब तीन दर्जन घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया