५ चैत्र, इटहरी। दिउँसो ३ बजेतिर इटहरीबाट धरान गइरहेको बा१५च २०६१ नंको कार चारकोसे जङ्गलको सेउती नजिकै सडक किनारमा दुर्घटना भएको हो।

कारमा सवार पाँच जना घाइते भएका छन् भने एककाे मृत्यु भएकाे हो, कारमा यात्रारत धरान–१२ का अन्दाजी वर्ष ४५ का  विष्णु लिम्बूको घटनास्थलमै मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, इटहरीका अनुसार तीव्रगतिमा रहेको उक्त कार सडक किनारमा रहेको रुखमा ठोक्किन पुग्दा दुर्घटना भएको हो।

लिम्बूकी श्रीमती ३७ वर्षीया दिलकुमारी, ५ महिने बच्चा तथा कार चालक एवम् कारधनी राजेन्द्र ल्वागुन, उनका १० वर्षीय छोरा नीरज ल्वागुन र श्रीमती सुशीला ल्वागुन घाइते भएको र उनीहरु सबैको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको छ ।

 

तपाईको प्रतिक्रिया