युनियनको जिल्ला अधिवेशनको उदघाटन सम्पन्न

०५ चैत्र, दिलिप साह राजविराज । निजामति कर्मचारी भईसकेपछि कर्मचारीहरुले राजनीतिक गर्न नहुने सप्तरी जिल्लाको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताएका छन् । नेपाल निजामति कर्मचारी युनियन (संघ) सप्तरीको शनिबार आयोजित सातौं जिल्ला अधिवेशनको उदघाटन सत्रमा प्रमुख अतिथीको आसनबाट बोलदै प्रजिअ कटुवालले उक्त कुरा बताएका हुन् ।

निजामति कर्मचारी भएपछि जनताको टयाक्टर खाएर कुर्सीमा बसीसकेपछि निजामति कर्मचारी नेपाल सरकार र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउँदै प्रजिअ कटुवालले भने– राजनीतिको कुरा नेताले गर्नुपर्छ, कर्मचारीले गर्नुहुन्न । प्रजिअ कटुवालले निजामति कर्मचारीले तोकिएको कार्य विवरण बमोजिम काम गर्नुपर्ने बताउँदै उनले दश बजेदेखि ५ बजेसम्म कर्मचारीले राजनीति गर्ने की जनताको सेव ागर्ने ? भन्दै प्रतिप्रश्न समेत गरे ।

नेपाल निजामति कर्मचारी युनियन (संघ) को केन्द्रिय सदसइ एवम् संयोजक राजेश मिश्रको अध्यक्षतामा आयोजित उदघाटन समारोहमा प्रमुख अतिथि प्रजिअ कटुवालले पानसमा बत्ति बाली नेपाल निजामति कर्मचारी युनियन (संघ) को जिल्ला अधिवेशनको उदघाटन गरेका थिएँ ।
प्रमुख अतिथि कटुवाल लगायतका अतिथिहरुले शहिदहरुको तस्वीरमा फुल अविर चढाई १ मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरे पश्चात युनियनका जिल्ला अध्यक्ष किशोर प्रसाद साहले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

आयोजित उदघाटन समारोहमा युनियनका केन्द्रिय प्रतिनिधि राजु उप्रेती, नेपाली काँग्रेसका जिल्ला सचिव राम कुमार यादव, नेपाल महिला संघ की अध्यक्ष गीता यादव, निर्वाचन समिति सदस्य राम कुमार यादव, युनियनका उदयपुर जिल्लाका जिल्ला सचिव विशाल सुनुवार, निर्वाचन समितिका संयोजक अधिवक्ता हेम नारायण चौधरी, नेपाली काँग्रेसका राजविराज नगर सभापति शम्भु लाल देव, नेपाल आधिकारिक ट्रेड युनियन संघका जिल्ला अध्यक्ष अजय झा, प्रेस युनियनका जिल्ला अध्यक्ष ओम प्रकाश साह, डेमोक्रेटिभ लाईफ एशोसिएशनका बाल कृष्ण ढुँगाना, नेपाल ट्रेड युनियनका जिल्ला अध्यक्ष मनोज कुमार मण्डल, नेपाल निजामति कर्मचारी युनियन (संघ) का पूर्व अध्यक्ष सत्य नारायण शर्मा, नेपाल निजामति कर्मचारी संगठनका निरंजन, स्थानीय निकाय कर्मचारी संघका जिल्ला अध्यक्ष कमलेश्वर विराजीले अधिवेशनको बन्द सत्रबाट सक्षम, सबल नेतृत्व चयनका लागि शुभकामना दिएका थिए ।

आयोजित सोही समारोहमा निजामति सेवाबाट अवकाश प्राप्त नेपाल निजामति कर्मचारी संघ आबद्ध सत्य नारायण शर्मा र बालकृष्ण ढुंगानालाई प्रमुख अतिथि कटुवाल तथा सभाका अध्यक्ष मिश्रले दोसल्ला ओढाई सम्मान गरेका थिए भने समारोहलाई नेपाल निजामति कर्मचारी युनियन (संघ) का सूर्यकान्त झाले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया