८ चैत्र, दिपेन्द्र यादव  इनरुवा। सुनसरीको साविक नरसिंह गाविस वार्ड नं. ३ मा रहेको सामुदायीक विद्यालयमा लामो समय देखी राजनीतिक अड्डा बनेकोले पठन पाठन अस्तवयस्थ बन्दै गइरहेको छ । हाल नयाँ संरचना अनुसार नरसिंह र भोक्राहा गाविसलाई गाभिएर बनाएको भोक्राहा गाउँपालिका वार्ड नम्बर ७ मा रहेको श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमिला यादवको लापरवाहीका कारण विद्यार्थीहरुको जीवन अन्धकारमय बन्दै गइरहेकोछ ।

प्रअ यादव लगायतका सो विद्यालयमा कार्यरत्त शिक्षकहरु विद्यालयको समयमा राजनीतिक कुराहरु विद्यालयमै गर्न थालेपछि पढाई अस्तव्यस्त बनेको विद्यार्थीहरुले बताएका छन् । प्रअ यादवले स्कुलमा सकृय रुपमा आफनो भुमिका निर्बाह नगरेकोले तिन वर्ष अघि देखी पढाई अस्त व्यस्त बनेको छ। यता विद्यालयको समयमा विद्यार्थी आएपनि समयमा कहिले स्कुल नलागेको स्थानिय रामु यादवले बताए। प्रअ यादव अध्यापन भन्दा राजनीति गर्नतिर लागेको कारण पढाई अस्तव्यस्त बनेको अभिभावकहरुले उनी माथी आरोप लगाएका छन् ।

विद्यालय समयमा विषयगत घण्टी लागेपछि केही शिक्षक र शिक्षिका कक्षाकोठामा विद्यार्थीहरुलाई पढाउन भित्र प्रवेश नगरेका कारण विद्यार्थीहरु कक्षा कोठा बाहिर निस्किने, विद्यालयहाता भन्दा बाहिर  निस्किएर सुर्ती तथा सुपाडीजन्य पदार्थ, गुटखा आदी खरिद गरी सेवन गर्ने गरेको पाईएकोछ। विद्यार्थीहरुको लागी मन्दिरको रुपमा रहेको विधालयमा शिक्षक, शिक्षिकाहरु आफनो जिम्मेवारी प्रति बफादार नरहेको कारण सो विद्यालयका विद्यार्थीहरु प्राय कुलतमा लाग्ने गरेका छन् । गाउँघरका गरीब परीवारका बालबालिकालाई सानै उमेरमा सुध्रिनकालागी अभिभावकहरुले स्कुल भर्ना गर्ने गर्छन तर बालबालिका सुध्रिने ठाउँमा विग्रिने गरेको पाइएकोछ।

त्यस्तै सोही विद्यालयको कक्षा ८,९ र १० मा अध्ययनरत्त विद्यार्थीहरुले प्रअ यादवकै बारेमा कुरा काट्ने गरेका छन्। कक्षा ९ र १० मा अंग्रेजी विषय पढाई रहेकी प्रअ यादवको अनिवार्य अंग्रेजी विषयमा विद्यार्थीहरुलाई समान्य जानकारी अर्थात अंग्रेजी व्याकरण समेतको न्युन जानकारी नरहेको पाइएको छ।

सो स्कुलको कक्षा १० मा अध्ययनरत्त विद्यार्थी सुनिल कुमार यादव प्रअको बारेमा यसरी गुनासो पोखेका छन् “म्याडमले भन्नु हुन्छ तिमीहरु वर्ड मिनिङ्ग रट्नु र पढाईको कुरा गर्दा हकार्ने गर्नुहुन्छ”।  उक्त विधालयमा अन्य शिक्षकहरु पनि नियमित विधालय नआउने गरेको विद्यार्थीहरुको गुनासो रहेको छ।केहि शिक्षक विधालयमा मात्र आफनो हाजिर गर्न कहिले कहीँ मात्र देखा पर्ने गरेकाले विद्यार्थीहरुको पढाई नसकिएको कक्षा नौँ मा अध्ययनरत्त विद्यार्थीहरुको गुनासो रहेकोछ।

यता प्रअ यादव दुर्घटनामा परि घाईते भएको कारणले तिन दिन देखी स्कुल विदामा बसेको स्कुल स्रोतले जनाएकोछ। सोहि विधालयको विषयमा जिल्ला शिक्षा कार्यालय सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र प्रसाद सुवेदीले भन्नुभयो लामो समय देखी विद्यालय व्यवस्थापन समिती विहिन बनेको कारण प्रअको लापरवाहि हुन सक्छ तर विद्यार्थी बालबालिकाको भविष्य माथी खेलबाड गर्ने जो कोही शिक्षक, शिक्षिकालाई कानुनी कार्वहीको दयारामा ल्याउँने बताउँनु भयो । दश्क अघि देखी सो विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन नभएको हो ।

तपाईको प्रतिक्रिया