मंसिर ३ काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाले नेपालमा औषधिको चरम अभाव भएपछि बिराटनगर नाकाबाट औषधिजन्य पदार्थ ल्याउन दिनेगरि नाकाबन्दीलाई खुकुलो बनाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मोर्चाको बैठकले तराईका जिल्लाहरुमा बन्द रहेका विद्यालयहरु बिहानको समयमा खोल्न दिने निर्णय समेत गरेको छ ।
देशभर औषधिको अभाव भएपछि विरामीको मृत्यु हुन थालेको र नेपालमा मानविय संकट उत्पन्न हुने अवस्था आएको भन्दै मोर्चालाई औषधिजन्य पदार्थ आपुर्तिमा रोक नलगाउन सरोकारवाला निकायले आग्रह गरेका थिए ।