bpc३ मंसिर, काठमाडौं । भारतीय नाकाबन्दीले इन्धनको चरम अभाव सामना गरिरहेको नेपाललाई तेल बेच्न बंगलादेश तयार भएको छ । साथै उसले सरकारी तहमा नै इन्धन आपूर्तिका लागि समझदारी गर्ने प्रस्ताव अघि सारेको छ ।भारतले नाकाबन्दी गर्दै तेल रोकेपछि नेपालले उत्तरी छिमेकी मुलुक चीनबाट तेल ल्याउने समझदारी गरिसकेको छ । साथै विकल्पको खोजीमा नेपाल आयल निगमको टोली बंगलादेश समेत गएको थियो ।नेपाललाई पेट्रोलियम पदार्थ बिक्री बंगलादेश गर्न सैद्दान्तिक रुपमा तयार भएको नेपाली टोलिको नेृतृत्वकर्ता आयल निगमका कार्यकारी निर्देशक मकुन्द घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।नेपाली टोलीले ढाकामा आयल निगम र बंगलादेश पेट्रोलियम कर्पोरशन (बीपीसी) बीच तेल कारोबारबारे छलफल गरेको थियो । छलफलमा बंगलादेशका अधिकारीहरुले इन्धन कारोबारबारे सरकारी तहमा छिट्टै समझदारी (एएओयु) मा हस्ताक्षर हुनुपर्नेमा जोड दिएको घिमिरेले बताए ।बीपीसीले व्यापारिक सम्झौता भए नेपाललाई डिजेल, पेट्रोल र हवाइ इन्धन उपलब्ध गराउन सकिने बताएको छ । साथै बीपीसी तत्कालको संकट टार्न एयरलिफ्टमार्फत हवाइ इन्धन नेपाल पठाउन तयार देखिएको छ ।भविष्यमा डिजेल र पेट्रोल स्थलमार्ग हुँदै नेपालले खरिद गर्ने इच्छा देखाएमा बिक्री गर्न समस्या नहुने बताएको घिमिरेले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया