काठमाडौं ।नाङ्गो मान्छेको अभावमा उत्तरी लण्डनका केही रेष्टुरेन्ट, डान्सबार तथा क्लबहरुमा समस्या पर्न थालेको छ ।विस्तारै लुगा खोलेर कामेत्तेजक ढंगमा शरीर प्रर्दशन गर्नेलाई स्ट्रीपर भनिन्छ ।उत्तरी लण्डनमा राम्रा र सुगठित शरीर भएका पुरुषहरुको अभावले स्ट्रीपर कम्पनीहरु आर्थिक संकटमा पर्न थालेका हुन् ।

स्ट्रीपर क्लब र नाँच समारोहमा समेत यस्ता पुरुषहरु आकर्षणका केन्द्र हुन्छन् ।बर्टदर्स विथ बम कम्पनीका निर्देशक डान हार्लेले स्ट्रीपरको अभावमा माग नै पूरा गर्न नसकिने बताउनुभएको छ ।२३ देखि ४० वर्ष उमेर सम्मका स्ट्रीपरहरुले तलबका अरिरिक्त हप्तामा ४०देखि ५० हजार रुपैयाँसम्म कमाउन सक्छन्।

तपाईको प्रतिक्रिया