japan nepali deadटाेकियाे । जापानकाे गुन्माकेनको ओता शहरको नेपाली रेस्टुरेन्ट “पानस” मा काम गर्दै आएका एक नेपालीकाे मृत्यु भएकाे छ ।मृत्यु हुनेमा गुल्मीकाे रुपाकोट घर भई हाल गुन्माकेनमा काम गर्दै अाएका रमेश भण्डारीको निधन भएको हाे ।सात महिनादेखि उक्त रेस्टुरेन्टमा काम गर्दै आएका भण्डारी १८ तारिक बिहान उठेर नुहाईधुवाई गरि टाउको दुख्यो भनि सुतेका थिए ।काममा जाने समयसम्म पनि उनको टाउको दुखिरहेको भन्दै उनी अाराम गरिरहेका थिए ।तर धेरै बेर सम्म पन उनको टाउको दुखाई सन्चो नभए पछी उनलाई हस्पिटलमा  भर्ना गरिएको थियो । उनकाे उपचारकाे क्रममा बिहीबार दिउसो २:४८ बजे मृत्यु भएको एनअारएनए गुन्मा संयोजक महेश्वर रिजालले नेपाल संन्देशलाई वताएका छन् ।चिकित्सकका अनुसार उनलाई मस्तिष्कघात भइ मृत्यु भएको हो । उनको नेपालमा दुई छोराहरु  र श्रीमती छन् । यसै क्रममा भण्डारीको निधनमा उनको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्दै एनआरएनए गुन्माले श्रदान्जली व्यक्त गरेको छ ।

 

तपाईको प्रतिक्रिया