१२ चैत्र, सुमन भट्टराइ इटहरी। आदिवासी जनजाती महासंघ सुनसरीले इटहरी चोकमा मानव साङ्ग्लो बनाएर एकघण्टा चक्का जाम गरेको छ ।महासंघले गाउँपालिका,नगरपालिका र उपमहानगरपालिकाको नामाकरण गर्दा आदिवासी जनजातीको पहिचान मेटाउन पाईदैन भन्दै, आदिवासी जनजातीहरुको संघन्ता टुक्राउन पाईदैन लगायतका विभिन्न नाराहरु लेखिएको प्लेकार्ड तथा ब्यानर बोकेर महासंघमा आवद्ध सम्पूर्ण जातजातीले आ आफ्नो भेषभूषा सहिते विरोध कार्यक्रममा सहभागिता भएका थिए ।

इटहरी उपमहानगरपालिकाको प्राँगणमा भेला भई नारा जुलुश लगाउँदै इटहरी बजार परिक्रमा गरीे मुख्य चोकमा आदिवासी जानजाती महासंघमा आवद्ध महिला तथा पुरुष र बालबालिकाहरु समेत अभियानमा सहभागी भएका थिए । विरोध अभियानमा संविधानमा सवै जातजातीहरुलाई राज्यको हरेक निकायमा समान सहभागिता हुनु पर्ने तथा आदिवासी जनजाती महासंघले पहिचानका लागि उठाउँदै आएको मुद्दाहरुलाई सरकारले सम्मान गर्नु पर्ने विषयलाई पनि विशेष जोड दिईएको पाइएको छ । विरोध कार्यक्रममा आदिवासी जनजाती महासंघ सुनसरी सभापति राम राई नगर सभापतिहरु धरानका चित्रमान थापामगर विक्रम लिम्वु राजकुमार चौधरी लगायतले आन्दोलनको औचित्यका विषयमा प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया