Barack-Obama-430x316३ मंसिर । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाली राष्ट्रपति असद बसर अल असद सत्ताबाट नहटेसम्म सिरियाको गृहयुद्धको अन्त्य नहुने धारणा व्यक्त गरेका छन् ।राष्ट्रपति ओबामाले भने “असद सत्तामा रहदासम्म हामीले जसरी सिरियाको गृहयुद्धको अन्त्यका योजनाहरु बनाएतापनि मैले सम्भव देखेको छैन ।”साथै ओबामाले राष्ट्रपति असदलाई भविश्यमा निर्वाचनमा भाग लिएर सत्तामा आउन सक्नेतर्फ सोच्न पनि सुझाव दिए ।सिरियाली राष्ट्रपतिको समर्थक एवम् सहयोगीका रुपमा चिनिएका भनिएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेको भोलिपल्टै उनले सो धारणा राखेका हुन् ।पुटिनले विगतदेखि नै सिरियाको समर्थन गर्दै आएकाछन् । सिरियामा गएको साढे चार वर्षभन्दा लामो समयदेखि हिंसात्मक विद्रोह जारी रहेको छ । सुरुमा राष्ट्रपति बसर अल असदको राजिनामा मागगर्दै सुरु भएको आन्दोलन पछि हिंसात्मक बन्दै गएको हो ।

हाल त्यहाँ गृहयुद्ध जारी छ । अहिले सम्ममा सो युद्धमा परी कम्तीमा पनि साढे दुई लाख नागरिकको ज्यान गइसकेको छ ।सो आन्दोलनका कारण लाखौँ लाख नागरिक विदेश र स्वदेशमा शरणार्थी बन्न बाध्य भएका छन् । त्यस्तै लाखौँ नागरिक घाइते समेत भएका छन् ।नेपालसंदेशबाट

 

तपाईको प्रतिक्रिया