इनरुवा चैत्र १३/५५ दिने सेवा अवधीका लागि खुलेको म्यादी प्रहरीका लागि आवेदन दिनेको भिड बढ्न थालेको छ । घण्टौं लाइनमा बसेर आवेदन बुझाउनेहरुमा अधिकांश युवायुवती रहेका छन् । आवेदन खुला भएसँगै जिल्ला प्रहरी कार्यालय सुनसरीमा आवेदन दिनेको संख्या बढ्दो छ ।

म्यादी प्रहरीकालागि १८ वर्ष उमेर पुरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन पाउने छन् । आवेदन दिने अन्तिम मिति चैत्र १७ गते बेलुकी ५ बजेसम्म रहेको छ । भण्डै दुई महिने अवधीकोे सेवा वापत म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरहको सेवा, सुविधा र भत्ता पाउने छन् । म्यादीले मासिक १७ हजार २ सय ३० रुपैया पाउने छन् । जसमा तराईका जिल्लाहरुमा खटिने म्यादीले दैनिक १ सय ९७ रुपैंयाका दरले रासन भत्ता पाउनेछन् । अन्यत्रको सवालमा ठाउँ अनुसार रासन भत्ता फरक हुने छ ।

तपाईको प्रतिक्रिया