इनरुवा चैत्र १३/कोइराला सेवा समाज नेपाल सुनसरीको छैठौं साधारणसभाले चौथो कार्यकालका लागि समेत गोपाल कोइराला त्यागीलाई अध्यक्षमा चुनेको छ । शनिवार सम्पन्न साधारण सभाले त्यागीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको हो ।

गोपाल कोइराला त्यागी अध्यक्ष रहेको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा इन्द्रप्रसाद कोइराला चुनिएका छन् । त्यसैगरी कार्य समितिको उपाध्यक्षमा मनमाया कोइराला , सचिव ओम कोइराला , सहसचिव रविन्द्र कोइराला र कोषाध्यक्ष हरिकाजी कोइराला रहेका छन् । दस्यहरुमा नेत्रप्रसाद कोइराला , भोजराज कोइराला , भगत कोइराला , केशव कोइराला , कृष्णराज कोइराला , रुकमणी कोइरालालाई चयन गरेको छ ।

तपाईको प्रतिक्रिया