Bikini-bra-panti-petrol

काठमाडौँ । भारतको नाकाबन्दीका कारण वाक्क दिक्क भएका उपभोक्ताहरुले यस्तो खबर सुन्दा र पढ्दा कौतुहल हुने त भैहाले । भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि यतीबेला मुलुकमा इन्धन अभाव चुलिएको छ । तर, यो खबर नेपालको होइन ।रसियासँग नाकाबन्दीकै रुपमा झगडा परिरहेको युक्रेनको समाचार हो यो । युक्रेनको राजधानी किभस्थित एक पेट्रोल पम्पले पत्याउनै नसकिने यस्तो ‘अफर’ सार्वजनिक गरेको हो ।समाचार अनुसार बिकिनी लगाएर आउने युवतीलाई निशुल्क पेट्रोल दिने उक्त पम्पको तयारी छ । आफ्नो ‘प्रमोसन’का लागि यस्तो अफर ल्याएको पम्पले दाबी गरेको छ ।अझ बिकिनी लगाएका युवतीलाई मात्र नभएर बिकिनीमा गर्लफ्रेन्ड र श्रीमती लिएर जाने पुरुषलाई पनि पम्पले निशुल्क पेट्रोल उपलब्ध गराउने जनाएको छ । पम्पले ल्याएको अफर अनुसार तेल भर्न उपभोक्ताहरुको भिड उक्त पम्पमा भैरहेको छ ।नेपालसंदेशबाट

 

 

तपाईको प्रतिक्रिया