इनरुवा चैत्र १४/नेपाल भारत सिमा नाकाबाट सुनसरीको हरिनगरा गाँउपालिकामा अवैध रुपमा लुकीछीपी ल्याउदै गरेको ठुलो परिणाममा कुखुराको अण्डा बरामद गरिएको छ । सशस्त्र प्रहरी वल रामनगरभुटाहा वेस क्याम्पका अनुसार प्रतिबन्धीत कुखुराको अण्डा सिमानाकाबाट ल्याएको सुचनाका आधारमा चेकजाच गर्दा २७ सय दाना अण्डा बरामद गरिएको जनाएको छ ।

अन्दाजी नेपाली बजारमा ४० हजार मुल्य बराबरको कुखुराको अण्डा स्थानिय सरोकारवालाहरुको उपस्थितीमा नष्ट गरिएको सशस्त्र प्रहरी वल रामनगरभुटाहा वेस क्याम्पका सशस्त्र प्रहरी नायव उपरिक्षक बल बाहादुर श्रेष्ठले जनाएका छन । भारतिय बजारमा कुखुराको अण्डा प्रति गोटा नेरु ८ रुपैया मुल्यमा पाइने भएकाले तस्करी गर्नेहरुले बढी मुनाफा कमाउनका लागी नेपालको बजारमा अवैध रुपमा लुकीछिपी ल्याउने गरेको सिमा क्षेत्रका स्थानियहरु बताउछन ।

तपाईको प्रतिक्रिया