१४ चैत्र, विराटनगर। सरोकारवालाहरुले मुलुकको शैक्षिक क्षेत्र कमजोर हुँदै जानुका सरकार मुख्य दोषी रहेको आरोप लगाएका छन । अभिभावक संघ नेपाल, प्याब्सन र एन प्याब्सनका पदाधिकारीले सरकारको कमजोरीकै कारण नेपालको शैक्षिक क्षेत्रको विकास हुन नसकेको तर्क समेत गरेका छन ।

रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी बालुवामा पानी खनाए सरह भएको टिप्पणी पनि गरेका छन । अभिभावका संघ नेपालका अध्यक्ष केशव पुरीले सरकारी शिक्षण संस्थाहरुको कमजोरीका कारण निजी नाम चलेका बिद्यालयहरुले आर्थिक ब्रम्हलुट गर्दै अभिभावकमाथि धान्नै नसक्ने आर्थिक भार थुपारेको स्पष्ट पार्नुभयो ।

उहाँले राज्यका महत्वपूर्ण पदमा बसेका ब्यक्तिहरुमा नेपालको शैक्षिक क्षेत्रबारे आवश्यक जानकारी नहुँदा बिभिन्न समयमा नेपाल सरकारले निजी बिद्यालयमा पटक पटक अंकुश लगाउने काम भएको जिकीर पनि गर्नु भयो । कार्यक्रममा बोल्दै एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले सरकारले प्रदान गर्न नसकेको शिक्षा क्षेत्रको बिकासमा निजी क्षेत्रले अहम भूमिका खेलिरहेको बताउनु भयो । उहाँले न्यायालयले समेत बिद्यालयका शुल्कका बिषयमा जारी गरेको निर्देशन समयानुकुल नभएको भन्दै आपत्ति पनि जनाउनुभयो । निजी क्षेत्रका शिक्षण संस्थाहरुले नेपालको शैक्षिक क्षेत्रमा आफूहरुले दिएको योगदानको सम्मान समेत गर्न नसकेको भन्दै सरकारको आलोचना गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया