१४ चैत्र, विराटनगर। टंकीसिनवारी ५ स्थित कोहिनुर प्लाई उद्योगमा आज साँझ आगलागी भएको छ । उद्योगमा लागेको आगो तीनवटा दमकल र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको हो ।

काठ सेक्ने मेसिनबाट आगलागी सुरु भएको थियो । घटना स्थलमा खटिएका प्रहरीका अनुसार विराटनगरका दुई र इटहरीको एक दमकलको सहयोगमा भर्खरै आगो पूर्ण रुपले नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा आएपनि क्षतिको विवरण आउन बाकी रहेको प्रहरीले जानकारी दिएको छ ।

 

 

तपाईको प्रतिक्रिया