१६ चैत्र, इटहरी । नेपाल पत्रकार महासंघ ६२ औ स्थापना दिवसका अवसरमा सुनसरीको धरानमा प्रभात फेरी सँगै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।

श्रमजीवि पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन तथा पत्रकारहरुको हक हित सुरक्षा तथा अन्य विभिन्न नाराहरु लेखिएको ब्यानर सहित धरान उपमहानगरपालिका अगाडीबाट निक्लिएको प्रभात फेरीले धरानको मुख्य मुख्य बजारको परिक्रमा गरेको थियो । धरानको मुख्य मुख्य बजारको परिक्रमापछि आयोजित शुभकामना कार्यक्रममा महासङ्घकी केन्द्रिय सदस्य निलिफा सुब्वा हर्ष सुब्बा, मुरारी सुवेदी गणेश निरौला देवेन्द्र कार्की श्रीशिशा राई तिलक राई मानवहादुर वि.क. लगायतले एक आपसमा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सन्तोष काफ्ले लगायतले पनि बोल्नुभएको थियो । साथै सो समारोहमा पत्रकारिताको विकास र पेशागत मर्यादाका लागि सञ्चारकर्मीहरुले निडर र निर्भिकताकासाथ काम गर्न उत्साहित हुनु पर्ने कुरामा पनि जोड दिईएको छ ।

तपाईको प्रतिक्रिया