sp-Giri

इटहरी २१
पूर्वाञ्चल क्षेत्रयि ट्राफिक प्रहरी कार्यालय इटहरीमा हालै नया प्रहरी प्रमुखको जिम्मेवार सम्हाल्नु भएका एसपी पवन गिरीले ट्राफिक नियम उलङघन गर्ने जो कोहीलाई पनि कडा कार्वाही गर्न तयार रहेको बताएका छन । सुनसरीको इटहरीमा बिहीबार पत्रकारहरुसंग कुराकानी गर्दै एसपी गिरीले यस्तो बताएका हुन ।पूर्वाञ्चल ट्राफिक प्रहरी कार्यालय भवनमा भएको पत्रकार सम्मेलनमा एसपी गिरीले नेपालको बिभिन्न क्षेत्रहरुको तुलनामा पूर्वाञ्चल क्षेत्रमा सवारी साधनहरुको दुर्घटना स्थिती भयावह रहेको र यस्लाई नियन्त्रण गर्ने निकायहरु आफैमा गैर जिम्मेवार रहेको औल्याएका छन ।

तपाईको प्रतिक्रिया