इनरुवा चैत्र २०/चुनाव चिन्ह आँखा कायम गरिनुपर्ने माग गर्दै नयाँ शक्ति पार्टी सुनसरीले समेत निर्वाचन कार्यालयमा धर्ना दिएको छ ।
विधानमा उल्लेख भएअनुरुपको चुनाव चिन्ह कायम गरिनुपर्ने माग सहित नयाँ शक्तिका जिल्ला स्थित नेता तथा कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय सुनसरीमा धर्ना दिएका हुन् ।
कार्यालय परिषर बाहिर बसेर उनिहरुले निर्वाचन आगोग विरुद्ध नाराबाजी गरेका थिए ।
आयोगले स्थानीय तह निर्वाचन ऐन अनुसार संसदमा दर्ता दललाई मात्र दलीय चुनाव चिन्ह दिएपछि नयाँ शक्तिले विधानमा उल्लेख भए अनुसार दलीय चुनाव चिन्ह माग गर्दै आएको छ । केन्द्रिय तालिका अनुसार निर्वाचन कार्यालय घेराउ गरिएको जिल्ला संयोजक नरेन्द्र बस्नेतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया