२३ चैत्र, सुमन भट्टराइ। धार्मिक तथा पर्यटकीयस्थल सुनसरीको रामधुनी मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको छ ।
रामनवमीको अवसरमा लग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको बुधवार बिहानैदेखि बाक्लो भीड लागेको हो । मेलामा नेपालका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारत, लगायतका देशवाट हजारौँ दर्शनार्थीको उपस्थिति रहेको छ । हिन्दू, धर्मावलम्बीको सङ्गमस्थल मानिने रामधुनीमामा यस वर्ष दर्शनार्थीको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको रामधुनी व्यावस्थापन समितिका उपाध्यक्ष सुरेस माझि ले जानकारी दिए ।

रामधुनी मन्दिरमा काठमाडौँ, धरान, विराटनगर, जनकपुरधाम, लगायतका दर्शनार्थी सिधै गाडी रिजर्भ गरेर आएको पाईएको छ । दर्शनार्थीको बाक्लो भीड रहेकाले मेलालाई व्यवस्थित पार्न स्वयम्सेवक समेत परिचालन गरिएको छ । मेला अवधिभर अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको टोली समेत परिचालन गरिएको रामधुनी व्यवस्थापन समितीका उपाध्यक्ष माझिले जानकारी दिए । “रामधुनीमा नेपाल प्रहरी र स्वयम्सेवकको टोली परिचालन गरिएको छ,” उनले भने, “मेलामा लाग्ने भीडभाडलाई सुरक्षाकर्मीले व्यवस्थित गरिरहेका छन् ।” धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल रामधुनीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । रामधुनीमा रामनवमी र बालाचतुर्दशीको वेला ठूलो मेला लाग्ने गरेको छ । भगवान रामले १४ बर्ष वनवास गार्दा वालेको धुनी अझै सम्म रहेको छ ।

तपाईको प्रतिक्रिया