चैत्र २३ चतरा/राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको लोकतान्त्रिक विकासकालागि निर्वाचन महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभएको छ ।राष्ट्रपति भण्डारीले मुलुक नयाँ सविधान घोषणासँगै कार्यान्वयनको क्रममा अघि बढेकाले समृद्धीका लागि सबैको साथ र सहयोगको खाँचो औल्याउनुभयो ।

वृहत्तर वराहक्षेत्र विकास समिति सुनसरीले आयोजना गरेको कार्यक्रममा सहभागि हुन राष्ट्रपति भण्डारी सुनसरीको चतरा पुग्नु भएको हो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीलाई वृहत्तर बराहक्षेत्र विकास समिति र जगद्गुरु श्री रामानन्दाचार्य सेवा पिठका तर्फबाट नागरिक अभिनन्दन प्रदान गरिएको थियो ।त्यसअघि राष्ट्रपति भण्डारीले ९ दिने खण्ड समाधी पुरा गर्नुभएका महायोगी सिद्धबाबालाई भेटी स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको थियो ।

राष्ट्रपति भण्डारी बराहक्षेत्र मन्दिर पुगेर पुजाअर्चनामा समेत सहभागि हुनुभएको थियो । राष्ट्रपतिले कोशी कटानको चपेटमा पर्न थालेको बराह क्षेत्र मन्दिरको अवस्था बारे जानकारी समेत लिनुभएको थियो ।

तपाईको प्रतिक्रिया