२४ चैत्र, सुनसरी। हरिनगरा गाउँपालिका-१ मा विहीबार ट्याक्टरको ठक्करबाट एक बालिकाकको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिनगरा गाउँपालिका-२ बस्ने दिनेश मन्डलकी २ बर्षिया छोरी मनिषा मन्डल रहेकी छन्।
बालिकालाई बिहान ८ बजेतिर को २ त ११२९ नम्बरको ट्याक्टरले बाटोमा छेउमा खेल्ने क्रममा ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते भएकी बालिकालाई गोल्डेन अस्पताल विराटनगरमा  उपचारको क्रममा  विहान ९ बजे मृत्यु भएको प्रहरी चौकी भुटाहाले जनाएको छ। फरार  ट्याक्टरका चालकको प्रहरीबाट खोजी भइरहेको छ।

तपाईको प्रतिक्रिया