अमर काफ्ले श्रीलंका टापु सुनसरी/ सामाजिक उत्तरदायित्वका क्षेत्रमा क्रियाशिल सुनसरी सृजनशिल परिवार नेपालले कोशी पारीको गाउँ श्रींलका टापुमा शैक्षिक सामाग्री वितरण गरेको छ ।
रोजगारीका लागि विदेशीएका युवाहरुद्धारा गठित सो संस्थाले आर्थिक संकलन गरेर सामाजिक कार्यमा खर्चदै आएको  छ ।
हाल बराह नगरपालिका अन्र्तगत पर्ने श्रींलका टापुमा अवस्थित श्री बालसेवा प्राविमा अध्ययनरत छात्रा छात्राहरुकालाई संस्थाका तर्फबाट शैक्षिक सामाग्रीका साथै छात्रवृति प्रदान गरिएको हो ।


सृजनशिल परिवार नेपालका अध्यक्ष पुष्प कार्की सहितका पदाधिकारीहरुको उपस्थितीमा उत्कृष्ठ छात्रछात्रालाई नगद सहित सम्मान गरिएको थियो ।
संस्थाले सो विद्यालयको भौतिक अवस्था सुधारका लागि आर्थिक सहयोग उपलब्ध गराउने पहल अघि बढाउने समेत जनाएको छ ।
सुनसरी सिर्जनशिल परिवार नेपालले हरेक वर्ष प्राथमकिताका आधारमा छनौटमा परेका विद्यालयहरुलाई ५० हजारका दरले सहयोग उपलब्ध गराउँदै आएको छ ।


शैक्षिक सामाग्री हस्तान्तरण तथा छात्रवृति प्रदान कार्यक्रममा सृजनशिल परिवार नेपालका उपाध्यक्ष सन्तोषकुमार श्रेष्ठ, सचिव कैलाश कार्की, कोषाध्यक्ष उमेश पोख्रेल सदस्यहरु खगेन्द्र गडतौला, कमल काफ्ले, कतारका सहकोषाध्यक्ष नगिन आले सहित फणिन्द्र भटराई, लक्ष्मीप्रसाद गडतौला लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया