मंसिर ४ इनरुवा/सुनसरीमा मुस्लिम, थारु र मोर्चावीच गठबन्धन हुने भएको छ । तराई मधेशमा जारी आन्दोलनलाई जिल्लामा थप शशक्त बनाएर लैजाने भन्दै गठबन्धनका साथ आन्दोलन चर्काउने तयारी थालिएको बुझिएको छ ।
तीन महिनायता जारी आन्दोलनमा मुस्लिम समूदायको साथ नपाएको मोर्चाले अब बन्ने नयाँ गठबन्धन सँगै जिल्ला केन्द्रित आन्दोलन थप मजबुत हुने दावी गरेको छ । सुनसरीमा मधेश केन्द्रित आन्दोलनमा सहभागि मोर्चा आवद्ध दल सद्भावनाका जिल्ला अध्यक्ष महीचन्द्र साहले दिएको जानकारी अनुसार आज दिउँसो इटहरीमा आयोजना गर्न लागिएको संयुक्त पत्रकार सम्मेलनले गठबन्धनको औपचारिक घोषणा गर्नेछ । संयुक्त गठबन्धनले भोलिबाट जिल्लामा आन्दोलन चर्काउने तयारी गरेको समेत साहले जानकारी दिए । अबको आन्दोलन पहिलाको भन्दा भिन्न र शशक्त हुने मोर्चाको दावी छ । गठबन्धनले आज साँझ इनरुवा लगायतका क्षेत्रमा मसाल जुलुस सहित प्रर्दशन गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया