इनरुवा चैत्र २८/सार्वजनिक सुनुवाईका सहभागिहरुले चोरी तस्करी नियन्त्रणमा ध्यान दिन सरोकारवाला समक्ष आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवामा आयोजना गरेको सार्वजनिक सुनुवाईका क्रममा सहभागि सर्वसाधारणले सीमा क्षेत्रमा रोकिन नसकेको चोरी र तस्करी नियन्त्रणमा ठोस कदम चाल्न आवश्यक रहेको बताएका थिए । सर्वसाधारणले केही प्रहरीका कारण सिङ्गो युनिट बदनाम हुन सक्ने भएकाले त्यसतर्फ सम्वन्धित निकायको ध्यान केन्द्रित हुन आवश्यक रहेको बताए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली सहित सरकारी कार्यालयका प्रमुखको उपस्थितीकावीच अधिकांश सर्वसाधारणले सरकारी सेवामा चुस्तताको खाँचो औल्याए । प्रजिअ पराजुलीले सरकारी सेवाको प्रवाहलाई प्रभावकारी र विश्वसनिय बनाउन आफु लागि परेको बताउनुभयो । वहाँले कमिकमजोरी र कोहीप्रति गुनासो भए जानकारी गराउन सर्वसाधारणमा आग्रह गर्नुभयो । aजिल्लाको शान्ति सुरक्षा लगायतका सवालमा उठेका प्रश्नको प्रहरी प्रमुख पोषराज पोखरेलले जवाफ दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया