इनरुवा चैत्र २८ /स्थानीय तह निर्वाचनको मिति नजिकिंदै जाँदा सुनसरीमा सोको तयारी तिव्र पारिएको छ । सुनसरीमा सोमबारबाट मतदान स्थल अनुगमनको कार्य थालिएको छ । सुनसरीका प्रमुख जिल्लाअधिकार गोपालप्रसाद पराजुली संयोजकत्वको टोलीले मतदान स्थलको अनुगमनको कार्य अघि बढाएको हो ।

टोलीले सोमबार कोशी गाउँपालिका क्षेत्रमा रहने मतदान स्थलको नीरिक्षण गरेको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख जानकी कर्णका अनुसार १० वटा मतदान स्थलको नीरिक्षण सकिएको छ । नीरिक्षण पश्चात आवश्यकता अनुरुपका तयारी अघि बढाइने भएकाले समेत सबै मतदान स्थलको नीरिक्षण गरिने कर्णले बताए ।

नीरिक्षण टोलीले मतदान स्थल रहने स्थानको पूर्वाधार, सुरक्षा जोखिम रहे नरहेको र घेराबेरा तथा पर्खाल भए नभएको जस्ता कुरालाई आधार मान्ने छ । कोशी गाउँपालिकामा रहने मतदान स्थलहरु अधिकांश विद्यालयहातामा रहेको र मतदानकालागि आवश्यक पूर्वाधारयुक्त पाइएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया