trusted online casino malaysia
trusted online casino malaysia

dobate flex1

भुपेन्द्र तिम्सिना/पथरी,४ मंसिर /
पूर्वमा चर्चामा रहेको हाँस्यव्यंग्य टेलिश्रृंखला ‘दोबाटे’ ले आफ्नो प्रशारणको ५२ औं भाग पुरा गरेको अवसरमा राष्ट्यिस्तरका कलाकारहरुलाई सहभागि गराएर मोरङको पथरीशनिश्चरेमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । दोबाटेको वार्षिकोत्सवको सन्दर्भमा मंसिर १० गते शनिश्चरे चोकमा साँझ हुने कार्यक्रममा चर्चित गायक प्रमोद खरेलका साथमा कमल खत्री समिर विक तथा हाँस्यव्यंग्य कलाकार गोपाल नेपाल फिस्टे, शिवहरि आचार्य सहितको प्रस्तुति रहने छ ।
एनपीएल मिडिया प्रालिको आयोजनामा हुने कार्यक्रममा दोबाटेका साथै स्थानीय कलाकारहरुको समेत गीत, नृत्य सहितका प्रस्तुति रहने प्रालिका प्रवक्ता भूपेन्द्र तिम्सिनाले बताउनु भएको छ । कार्यक्रममा, स्थानीय समाजसेवी, व्यवसायीहरुलाई सम्मान समेत गरिने छ । कार्यक्रमलाई दोबाटे प्रशारण गर्दै आएको हिमशिखर टेलिभिजनले प्रत्यक्ष प्रशारण समेत गर्ने छ । ०५७ सालमा स्थापित कञ्चनजंघा नाट्य समूहले नाटकका क्षेत्रमा काम गर्दै आएकोमा ०७१ मंसिर १२ बाट ‘दोबाटे’ निर्माण गरी सफलतापूर्वक आफ्नो यात्रा अगाडि बढाउँदै आएको हो । हाल नाट्य समूहकै कलाकारहरु संलग्न रही ५२ औं भागबाट भनें एनपीएल मिडियाको व्यानरमा कार्यक्रम अगाडि बढाइएको पनि प्रवक्ता तिम्सिनाले जनाउनु भएको छ । दोबाटेको निर्माण र प्रशारणले पूर्वाञ्चलमा कलाकारिताप्रति आकर्षण बढाएको छ । दोबाटेको निर्माणपछि पथरीशनिश्चरेमा मिनि दोबाटेका साथै अन्य टेलिश्रृंखला निर्माणको लहर समेत चलेको देखिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia