इनरुवा बैशाख ३/चैत्र ३१ गते बिहीबार श्रीपुरमा भएको आगालागीमा घरबार गुमाएका पीडित परिवारलाई सुनसरी प्रशासनले राहत वितरण गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने नेतृत्वको टोलीले अग्नि पीडितहरुकालागि राहत उपलब्ध गराएको हो । रातह वितरण टोलीमा जिल्ला समन्वय समिति सुनसरीका कार्यक्रम अधिकृत भेषराज घिमिरे, प्रहरी नीरिक्षक सन्तोष पोखरेल लगायतको उपस्थिती रहेको थियो ।


साविकको श्रीपुर गाविस रहेको हालको कोशी गाउँपालिका वडा नम्वर ५ का आगालागी पीडित ४२ परिवारलाई प्रशासनका तर्फबाट जनही ५ हजारका दरले राहत रकम वितरण गरिएको हो ।
आगलागी लगत्तै सुनसरी प्रशासनको रोहवरमा नेपाल रेडक्रस सहितका संघसंस्थाले त्रिपाल सहित तत्काल बसोबास र खानपिनको प्रवन्ध मिलाएको थियो ।
आगलागीमा ४२ परिवारका ६० बढी घर टहरा जलेका थिए । आगलागीमा १ करोड बढीको क्षतिको आंकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया